सोमबारदेखि छायांकनमा जाँदै आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’



रंगखबर, काठमाडौँ – आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को मुर्हत गरिएको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिनको अवसरमा आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको पूजाआजा सम्पन्न गरियो । फिल्मको छायांकन भने सोमबारबाट सुरु हुनेछ ।

छायांकनको तयारी भइरहँदा फिल्मको युट्युब र अस्ट्रेलिया राइट्स पनि विक्री भइसकेको निर्माण पक्षले जानकारी गराएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले उक्त राइट्स खरिद गरेको हो ।

फिल्मको टिम, कलाकार र विषयबस्तु नै अब्बल भएकाले युट्युब र अस्ट्रेलिया राइट्स किनेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए । अब फिल्म र प्रचारका सामाग्री ‘नेप आर्ट’ नामक युट्युब च्यानलबाट सार्वजनिक हुनेछन ।


प्रविण झाले निर्देशनले गर्ने फिल्ममा आर्यन र उपासनासँगै सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको फिल्ममा बिपी खनालको कथा, केदार भुषालको पटकथा/संवाद र महेश आर गुप्ताको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्