हलिउड फिल्म खेल्दै अन्जली लामा, ज्याक्लिनसँग गर्नेछिन स्क्रिन शेयर



रंगखबर, काठमाडौँ – नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाले हलिउड फिल्म ‘वुमेन्स स्टोरिज’मा अभिनय गर्ने भएकी छन् । 

लर्वोलिनो इन्टरटेन्मेन्टको सह-निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्ने ६ भागको एन्थोलोजी फिचर फिल्मको ‘सेयरिङ ए राइड’ भागमा अन्जलीले अभिनय गर्ने छिन् । यो भागमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजले पनि अभिनय गर्ने पक्का भएको छ ।

मोडल लामाले यसअघि ‘ल्याक्मे फेसन शो’मासमेत सहभागिता जनाइसकेकी छन् ।

डेडलाइनले उल्लेख गरे अनुसार ‘सेयरिङ ए राइड’ सेगमेन्टलाई लिना यादवले निर्देशन गर्नेछिन । 

विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन जिम्मा पाउने फिल्मको पहिलो ४ भागको लागि निर्देशकहरु तय भइसकेका छन् । जसमा ‘अनस्पोकन’को निर्देशन मरिया सोल टोग्नाजीले गर्नेछिन्। त्यस्तै, लुसिया पुएन्जोले‘लागोनेग्रो’, क्याथरिन हार्डविकले‘एल्बोज डिप’ र यादवले ‘सेयरिङ र राइड’को निर्देशन गर्न लागेका हुन्।

अमेरिका र भारतमा छायांकन हुने फिल्ममा कारा डेलेभिन्ज, इभा लोङ्गोरिया, मार्सिया हार्डेन र क्याथरिन हार्डविक पनि देखिने छन्।

सबै महिला कलाकारहरुको मात्र अभिनय रहने फिल्ममा कमेडी र एनिमेशन पनि समावेश गरिनेछ। 

प्रतिक्रिया दिनुहोस्