‘केजिफ’को झल्को दिने ‘लप्पन छप्पन २’को टिजर



 रंगखबर, काठमाडौँ – चैत २७ मा रिलिज हुने फिल्म ‘लप्पन छप्पन २’को दोस्रो अफिसियल टिजर सार्वजनिक भएको छ ।

टिजरमा अभिनेता सौगात मल्ललाई हाइलाइट्स गरिएको छ । उनको ग्याङस्टर अवतार दमदार लाग्छ ।

पछिल्लो पटक हामीले साउथ इण्डियन फिल्म ‘केजिफ: च्याप्टर २’मा अभिनेता यसले तातो बन्दुकको नलीले चुरोट सल्काएको दृश्य हेरेका थियौँ । जुन दृश्य सामाजिक संजालमा भाइरल बनेको थियो । ‘लप्पन छप्पन २’मा सौगातले बलिरहेको चिताबाट अगुल्टो झिकेर चुरोट सल्काएको देख्न सक्छौँ ।

दुवै दृश्य मिल्न गएपनि ‘लप्पन छप्पन २’ एक वर्ष अगाडी नै निर्माण पुरा भइसकेको फिल्म हो । त्यसैले उक्त चुरोट सल्काएको दृश्य संयोग मात्र भन्न सकिन्छ ?

मुकुन्द भट्ट निर्देशित फिल्मले घोषणाताका २०७६ को महाशिवरात्रीलाई रिलिज घोषणा गरेको थियो । तर, विभिन्न कारण देखाउदै पुर्वनिर्धारित मितिमा रिलिज हुन् सकेन । त्यसयता थुप्रै पटक रिलिज पोस्टपोन्ड गरेको फिल्म अन्तत: चैत २७ को रिलिज तयारी गरिरहेको छ ।

यो एक्सन फिल्ममा सौगातका अलावा शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्