‘थलाइवी’बाट कंगनालाई पाचौँ राष्ट्रिय अवार्ड – दर्शक प्रतिक्रिया



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनाउत आजबाट ३४ औँ बसन्तमा लागेकी छन् । सन् १९८७ मा हिमाचल प्रदेशको मन्डीमा जन्मिएकी कंगना वर्तमान बलिउडकी प्रतिभाशाली अभिनेत्री हुन् ।

सन् २००६ मा ‘ग्याङस्टर’बाट बलिउड डेब्यु गरेकी कंगनाले ३० बढी फिल्ममा अभिनयको जादु पस्किसकेकी छन् । यस बीचमा उनले चार पटक राष्ट्रिय अवार्ड जित्न सफल भएकी छन ।

जन्मदिनको पूर्वसन्ध्यामा उनले ‘मणिकर्णिका’ र ‘पंगा’बाट करिअरको चौथों राष्ट्रिय अवार्ड आफ्नो पोल्टामा पारिन । एउटा कलाकारको लागि जन्मदिनको पुर्वसन्ध्यामा यो भन्दा ठुलो उपहार के हुन सक्ला ?

यति मात्र होइन जन्मदिनमा रिलिज गरिएको ‘थलाइवी’को ट्रेलरबाट पनि कंगनाले उत्कृष्ट प्रतिक्रिया पाइरहेकी छन् । दर्शकले उनलाई आगामी वर्षको राष्ट्रिय अवार्ड विजेताको रुपमा हेरेका छन् । 

‘थलाइवी’को ट्रेलर मुनिका प्राय: कमेन्ट राष्ट्रिय अवार्ड र कंगनाको अभिनयमा लागि लेखिएका छन् ।

स्मरण रहोस, ‘मणिकर्णिका’ रिलिज भएको केहि हप्तामा कंगनाले एक सार्वजनिक कार्यक्रममा बोल्दै यो फिल्मबाट आफुले राष्ट्रिय अवार्ड जित्ने दावी गरेकी थिइन् । 

भयो पनि त्यस्तै, उनले राष्ट्रिय अवार्ड जितेरै छाडिन । 

जन्मदिनमा ‘तेजस’को फस्टलुक:-

पछिल्लो समय कलाकारहरुको जन्मदिनमा सोहि कलाकारको नयाँ फिल्मको प्रचार सामाग्री सार्वजनिक गर्ने प्रचलन बढ्दै गएको छ ।

जन्मदिनमा कंगनाका प्रशंसकका लागि निर्माण पक्षले ‘तेजस’को फस्टलुक पनि सार्वजनिक गरिदिएको छ । प्रत्येक फिल्ममा भिन्न भूमिकामा प्रस्तुत हुने कंगनालाई ‘तेजस’को फस्टलुकमा एयरफोर्स बर्दीमा देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्:-

राष्ट्रिय अवार्ड जित्ने कंगनाको दावी

प्रतिक्रिया दिनुहोस्