मेरो माया करोडमा टिकटक बनाउनुस, ५० हजार र फोन जित्नुहोस



रंगखबर, काठमाडौँ : गायिका सोना आमात्य र गायक सुगम पोखरेलको आवाजमा रहेको गीत ‘मेरो माया करोडमा’ले टिकटक प्रतियोगिता आयोजना गरेको छ । उच्च पुरस्कार राशिसहित यस गीतको टिकटक प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा सहभागि हुन ‘मेरो माया करोडमा’ गीतको कुनै पनि अंशमा टिकटक बनाएर पोस्ट गर्नुपर्ने छ । टिकटक पोस्ट गर्दा गायिका अमात्यको टिकटक हेन्डललाई पनि मेन्सन गर्नुपर्ने नियम बनाइएको छ ।

वैशाख पहिलो सातासम्म चल्ने यस प्रतियोगितामा उत्कृष्ट ३ हुने टिकटकलाई पुरस्कार प्रदान गरिने छ । जसमा प्रथम हुनेलाई ५० हजार नगद र मोटोरोला स्मार्ट फोन, दोस्रो हुनेलाई २० हजार नगद र मोटोरोला स्मार्ट फोन र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार राखिएको छ ।


त्योसँगै केही उत्कृष्ट बन्ने टिकटक प्रतियोगीलाई म्युजिक भिडियोमा काम गर्ने मौका दिने निर्माण पक्षले बताएको छ । गायिका अमात्यको नयाँ गीत ‘सोच बरिलै’ सार्वजनिक कार्यक्रममा विजेताको घोषणा गरिने छ ।

‘मेरो माया करोडमा’ बोलको गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् ।

गम्भीर बिष्टको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’, गोविन्द सिंह बिष्ट र गायिका अमात्यकै अभिनय रहेको छ । बुद्ध थापाले खिचेको भिडियोमा सुभम भुजेलको नृत्य निर्देशन रहेको छ ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्