धर्मेन्द्र सुनार र किरण गजमेरको ‘नदेखिन्या घाउ’ सार्वजनिक



रंगखबर, काठमाडौँ : ‘दि भोइस अफ नेपाल सिजन ३’ का चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको आवाजमा रहेको पश्चिमेलि भाखा झल्काउने ‘नदेखिन्या घाउ’ बोलको गीत सोमबार संगीत भकारी युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द रहेको छ । करणराज कार्कीको संगीत रहेको गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन |

उक्त भिडियोलाई पिटर गुरुङले छायांकन,बिष्णुहरि तिमिल्सिनाले सम्पादन, र मौसम हिमालीले निर्देशन गरेका हुन् ।गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देबेन्द्र बब्लुको अभिनय रहेको छ । साथै, सौरभ तिमिल्सिना, संगीता थापा लगायतलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्