निशाको उपचारको लागि अभिनेत्रीहरुको आर्थिक सहयोग



रंगखबर, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको समन्वयमा अभिनेत्री करिश्मा मानन्धरले उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई २५ हजार नगद सहयोग गरेकी छन् ।

निशाका पिता प्रेम प्रसाद घिमिरे सहयोग ग्रहण गर्दै

यस्तै संघको समन्वयमा संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले १० हजार, अभिनेत्री उषा पौडेल (अमेरिका)ले २२ हजार र प्रकाश थापा (अमेरिका)’ले १० हजार रुपैयाँ निशाको उपचारका सहयोग गरेका छन् ।

निशाको उपचारका लागि अभिनेत्री मानन्धरले ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारा आव्हान गरेकी छन् । भने, संघले अध्यक्ष रविन्द्र खड्कालप नेतृत्वमा सहयोग अभियान संचालन गरेको छ ।

शनिबार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा संचारकर्मी सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामाङले पिडित निशाका पिता प्रेम प्रसाद घिमिरेलाई टोटल ६७ हजार नगद हस्तान्तरण गरेका हुन् ।

निशाको अवस्थालाई मनन गरेर निशुल्क उपचार गरिदिने साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापाक बसन्त चौधरी, निर्देशक मेघा चौधरी र नर्भिक अस्पताललाई सहयोगी मनहरुले धन्यवाद ज्ञापन गरे । 

प्रतिक्रिया दिनुहोस्