घटस्थापनादेखि सम्पूर्ण हल खुल्ने



रंगखबर, काठमाडौँ – असोज २१ गतेदेखि देश भरका फिल्म हल खुल्ने भएका छन् । आइतबार नेपाल चलचित्र संघले एक बैठक मार्फत घटस्थापनादेखि सम्पूर्ण हल खोल्ने निर्णय गरेको हो ।

चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा सम्पन्न बैठकले ६ बुँदे निर्णय पनि सार्वजनिक गरेको छ ।

जस अन्तर्गत दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म रिलिज गर्न पाइने उल्लेख छ । भने, नेपाली फिल्म रिलिज हुने डेटमा विदेशी फिल्म रिलिज गर्न नपाइने निर्णय भएको छ ।

यस्तै शेयर बाँडफाँडको विषयमा पहिलो साता स्वदेशी तथा विदेशी फिल्मबाट निर्माता/वितरकले ५५ प्रतिशत हिस्सा प्राप्त गर्नेछन् । भने, दोस्रो सातादेखि ५०/५० प्रतिशतमा शेयर पाउने छन् ।

संघले ल्याएको यो सुबिधा असोज २१ गतेदेखि जम्मा ३ महिनाको लागि हुनेछ । ३ महिना भित्र फिल्म प्रदर्शन गरेर यो सुबिधा लिन चाहने फिल्मकर्मीले असोज २० गते भित्र आफ्नो फिल्मको रिलिज डेट सार्वजनिक गरि सक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्