धमलासहित कलाकारहरुले लिए ‘टू पिएम नुडल्स’को स्वाद



रंगखबर, काठमाडौँ – अभिनेत्री नीता ढुंगाना, गायिका सुनिता दुलाल, पत्रकार ऋषि धमला, युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारी, अभिनेता प्रदीप बाँस्तोला र सगरमाथा आरोही नीमा लमु शेर्पाले ‘टू पिएम कोरियन रामेन नुडल्स’का बिभिन्न परिकारको स्वाद लिएका छन ।

कलाकारहरुको लागि झम्सिखेलस्थित चिकेन स्टेशनले यो अवसर जुराइदिएको हो । एशियन थाई फूडले देशभर ४२ ओटा आउटलेट संचालन गरिसकेको चिकेन स्टेशनसँग नेपालको इतिहासमा पहिलो पटक तयारी खाना र फ्रेन्जाइज व्यवसायमा टाइअप गरेको हो ।

जस अनुरुप टू पिएमले ट्रेन्डसेट गरेको विश्वको प्रसिद्ध कोरियन रामेन प्रोडक्टलाई चिकेन स्टेशनले नेपाली ग्राहकको स्वादलाई मध्यनजर गर्दै विभिन्न परिकारमा तयार पारेको छ ।

पत्रकार धमलाले आफूलाई चिकेन स्टेशनले विभिन्न भेराइटीमा तयार पारेको टू पिएम कोरियन रामेन चाउचाउ असाध्यै मन परेको बताए । अबदेखि आफूले खाजामा यही परिकार खाने पनि बताए । गायिका दुलाललाई पनि विभिन्न भेराइटीमा तयार भएको टू पिएम कोरियन रामेनको स्वाद मन परेको बताइन् । उनले आफू टू पिएमको नियमित ग्राहक रहेको समेत बताएकी छन् ।

अभिनेत्री नीता ढुंगानाले हप्तामा दुई पटकसम्म चाउचाउ खाने गरेको भए पनि चिकेन स्टेशनले टू पिएमको कोरियन रामेन प्रोडक्टलाई विभिन्न भेराइटीमा तयार पारेको परिकार मन परेको बताइन् । युवापुस्तादेखि हरेक वर्गलाई चाउचाउको यो परिकारले लोभ्याउने उनको भनाई छ । नायक हरिहरले पनि आफूलाई विभिन्न भेराइटीमा तयार भएको टू पिएम चाउचाउको स्वाद जिब्रोमै झुन्डिएको बताए ।

दुई दशकदेखि शाकाहारी रहेका अर्का नायक प्रदीप बाँस्तोलालाई भने टू पिएम कोरियन रामेनको ‘एनिमल फ्राइ’ एकदमै मन परेको बताए । घरमा सामान्य रुपमा खाने गरेको चाउचाउ यदी स्वादिष्ट हुन्छ भन्ने आफूले कल्पना पनि नगरेको उनले बताएका छन् । चिकेन स्टेशनले तयार पारेको टू पिएम कोरियन रामेनको भेराइटीमा नेपाली स्वाद पाउने उनी बताउँछन् । सगरमाथा आरोही निमा लमु शेर्पाले पनि टू पिएम कोरियन रामेनको भेराइटी मन परेको बताइन् ।

चिकेन स्टेशनका ब्रान्ड म्यानेजर विकास बाँस्कोटाले टू पिएम कोरियन रामेनलाई एनिमल फ्राई, सिएफसी ग्रेभी, पिरोज र टिम्बुरे परिकारमा तयार पारिएको बताए । चिकेन स्टेशनका कर्पोरेट सेफ कुमार चालिसेले टू पिएमको परिकारमा स्वास्थ्यलाई असर पुग्ने कुनै चिज नमिसाउने जानकारी दिए । चिकेन स्टेशनका देशभर रहेका सबै ४२ वटा आउटलेटमा यि परिकारहरु पाईने बताईएको छ ।

चिकेन स्टेशन जस्तो छोटो समयमा नै सफल भएको फ्रेन्चाइजी रेष्टुरेण्टले टु पिएम कोरियन रामेनलाई आफ्नो मेनुमा समावेश गर्नु नेपाली नुडल्सको दुनियामा नयाँ प्रयोग भएको एशियन थाई फुड्सका मार्केटिंग म्यानेजर बसन्त मान श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्