इन्दुज भ्याली फिल्म फेस्टिभलमा नेपालका तीन फिल्मले जिते ६ अवार्ड



रंगखबर, काठमाडौँ – करिब तीनवर्ष अगाडी नेपाली बक्सअफिसमा रिलिज भएको फिल्म ‘बुलबुल’ले ‘इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल’मा तीन अवार्ड जितेको छ ।

निर्देशक विधामा विनोद पौडेल, अभिनेतामा मुकुन भुषाल र अभिनेत्रीमा स्वस्तिमा खड्काले अवार्ड जितेका हुन् । यस्तै इटालियन निर्देशक सर्जियो बासोले निर्देशन गरेको नेपाली फिल्म ‘सरिता’ले पनि दुई विधामा अवार्ड जित्न सफल भयो ।

भुटानी शरणार्थीको कथामा निर्मित ‘सरिता’ले कोरियोग्राफी र पटकथा विधामा अवार्ड जितेको हो ।

फेस्टिभलमा नेपाली शर्ट फिल्म ‘बेर ट्रिज इन द मिस्ट’ले उत्कृष्ट शर्ट फिल्मको अवार्ड जित्यो ।

यो फेस्टिभललाई दक्षिण एसिया कै पहिलो घुम्ती फिल्म फेस्टिभल भनिएको छ । यो दक्षिण एसियाका बिभिन्न सहरमा आयोजना हुनेछ ।

सम्पन्न तेस्रो सिजन भारतको वृन्दावनमा आयोजना भएको थियो । सन् २०१९ मा सुरु भएको यो फेस्टिभल काठमाडौँमा पनि आयोजना गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्