‘लप्पन छप्पन २’को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

सुरज विक्रम थापा (बुलेट फ्लो)को शब्द र संगीत रहेको गीत र्याप शैलीमा तयार पारिएको छ । लिरिकल गीतमा बुलेट फ्लो र अशोक बस्नेतको स्वर छ ।

गीतको शब्दले एक्सन थ्रिलर फिल्मको भाव पैदा गर्छन । पैसा कमाउन गरिने संघर्ष र अपराधिक बाटोको कथा गीतले भन्छ ।

मुकुन्द भट्टले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, गोविन्द शाही, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

यहि फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गरेका छन् ।

बलियो स्टारकास्ट र महँगो बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । तर, बक्सअफिसमा विदेशी फिल्मको दवदवा भएका कारण ‘लप्पन छप्पन २’लाई सहज भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस्