रेखालाई गाली आएपछि साइबर ब्युरोमा जाहेरी



रंगखबर, काठमाडौँ – अभिनेत्री रेखा थापालाई युट्युबमा तथानाम गाली आएपछि नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ ।

भोटाहिटी प्रहरी कार्यलय, साइबर ब्युरोमा शुक्रबार रेखाकी दिदि तारा थापा राणाले जाहेरी दिएकी हुन् ।

‘ए वान’ नामक युट्युब च्यानल र तथानाम गालिगलौज गर्दै अन्तर्वार्ता दिने शर्मिला वाइवा विरुद्ध राणाले जाहेरी दिएकी हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले उक्त जाहेरीमा अध्ययन गरिएको बताएका छन् ।

केहि दिन अगाडी पल शाह पक्राउ प्रकरणमा आफ्नो मत राख्दै रेखाले ‘नाबालिगहरुको सुरक्षा’ गर्नुपर्ने बताएकी थिइन् । त्यसयता नाबालिग गायिकालाई सपोर्ट गरेको भन्दै पल शाहका फ्यानहरुले पनि रेखालाई गालीगलौज गरेका थिए ।

‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन ।

समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।’ रेखाले फेसबुकमा लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्