‘प्रेमगञ्ज’को रिलिज डेट फाइनल, ग्ल्यामर अन्दाजमा बेनिशा



रंगखबर, काठमाडौँ – कोरोनाको तेस्रो लहरपछि हलमा दर्शकको भिड देखिन थालेको छ । दर्शक हल छिर्नलाई संकोच नमान्ने अवस्था बनिरहँदा नेपाली फिल्मको रिलिज डेट धमाधम घोषणा हुन थालेका छन् ।

यसै बीच परिच्छेद सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’को पनि रिलिज डेट फाइनल भएको छ । यो फिल्म भाद्र ३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

पछिल्लो समय बलिउडमा फिल्मकर्मीहरु भिडियो संदेश मार्फत रिलिज डेट घोषणा गरिरहेका छन् । फिल्म ‘प्रेमगञ्ज’ले पनि त्यहि ट्रेन्ड पछ्याउदै रिलिज डेट घोषणा गरेको हो ।

रिलिज डेट घोषणा भिडियोमा नेपाली फिल्मकर्मी निर शाह, दीपेन्द्र के खनाल, छविराज ओझा, बिकासराज आचार्य, नरेन्द्र महर्जनलगायतले शुभकामना दिएका छन् ।

रिलिज डेटसँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार बेनिषा हमाल मात्र फिचर्ड छिन । पोस्टरमा उनको ग्ल्यामर लूक्स प्रस्तुत गरिएको छ ।

निर्देशक सेन कै लेखन रहेको फिल्ममा बेनिशासँगै सम्पदा बानियाँ, तेज गिरी, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

राजु फुयालको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्