‘सुन्तला’ गीतमा अनमोल र सुहानाको ठुम्का ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुन्तला’ बोलको डान्सिङ नम्बरमा अनमोल र सुहानाले कम्मर मर्काएका छन् ।

अन्नपूर्ण हिमालय रेञ्जको काखमा छायांकन गरिएको गीतको भिडियो स्पष्ट र कलरफुल देखिएको छ । पृष्ठभूमिमा देखिएको माछापुछ्रे, अन्नपूर्ण, गंगपूर्ण हिमालले भिडियोमा सौन्दर्यता प्रदान गरेका छन् ।

सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द/संगीत र मेलिना राई/निशान भट्टराईको स्वर छ । गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

फिल्मको शिर्ष गीत र टिजर सार्वजनिक भैसकेका छन् । प्रचार सामाग्रीबाट राम्रो हाइप बनाइरहेको फिल्मले नेपाली बक्सअफिसमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्म बैशाख १ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

निर्देशक थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा हिमाल केसीको एक्सन, संजय लामाको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्