‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौं संस्करण अमेरिकामा



रंगखबर, काठमाडौँ – ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस सहरमा आयोजना हुने भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाजले सन् २०२२ जुलाई ३ तारिखमा समारोहको संयुक्त आयोजना गर्नेछन् ।

कोरोना महामारीका कारण २०२० र २१ को संस्करण आयोजना हुन् नपाएपनि त्यसअघिका चार संस्करणपनि अमेरिकाको बिभिन्न सहरमा सम्पन्न भएका थिए ।

‘एटिए एभरेस्ट इन्स्युरेन्स’ले प्रयोजन गर्ने अवार्डको एक मात्र उद्येश्य नेपाली फिल्मको प्रवर्धन र नेपाललाई पर्यटकीय गन्तवको रुपमा चिनाउनु रहेको आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल, सुर्य चन्दलगायत प्रेसमिटमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्