लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने



रंगखबर, काठमाडौँ – ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पहिलो संस्करण गोरखा जिल्लाको लाप्राकमा आयोजना हुने भएको छ ।

आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले गाउँ-गाउँसम्म नेपाली फिल्मलाई प्रचार गर्ने र स्थानीय सांस्कृतिक र पर्यटकीय क्षेत्रसँग जोडिन यो फेस्टिभल सुरु गरेको बताए ।

बैशाख ५ देखि ७ गतेसम्म आयोजना हुने महोत्सवको लागि फिल्म दर्ता आव्हान पनि गरिएको छ । महोत्सवमा स्वदेशी लघु फिल्म, फिचर फिल्म, डकुमेन्ट्री र भाषागत फिल्म समावेश हुने बताइएको छ । साथै, मौलिक नेपाली ग्रामीण कथाबस्तुमा बनेका फिल्मले महोत्सवमा प्राथमिकता पाउनेछन ।

महोत्सवमा सहभागी हुन् इच्छुकले [email protected] मा इमेल गरेर जानकारी प्राप्त गर्न सक्नेछन ।

जुरीले छनोट गरेका फिल्मलाई अत्याधुनिक प्रविधिबाट स्क्रिनिङ गरिने र उत्कृष्ट फिल्मलाई अवार्डपनि प्रदान गरिने आयोजकले बताएको छ ।

महोत्सवमा प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी र स्थानीय जन समुदायबीच अन्तरक्रिया गराउने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप र नेपाली मौलिक फिल्मको बारेमा अन्तरक्रिया गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्