‘कबड्डी ४’ ट्रेलर: काजीको प्रेममा बमकाजीको झिंगेदाउ



रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’को ट्रेलर रिलिज भएको छ ।

झन्डै साढे ४ मिनेटको ट्रेलर फिल्मका मुख्य पात्र काजी ‘दयाहाङ राई’को वरिपरि घुम्छ । अघिल्ला तीन शृंखलामा सोल्टिनीको पछाडी कुदेर थाकेका काजी यसपटक विवाह हुने आशामा देखिन्छन ।

तर, गाउँमा बमकाजी ‘सौगात मल्ल’को आगमनसँगै काजीको विवाह होला वा नहोला ट्रेलरले संका उत्पन्न गराउछ । गाउँमा शान्ति मिस ‘मिरुना मगर’को आगमनसँगै काजीको आशा र बमकाजीको झिंगे दाउ बीच ट्रेलर रुमल्लिएको छ ।

यसपटक काजीको विहे पक्कै होला त ? थाहा पाउन जेठ १३ गते हलसम्म पुग्नै पर्ने हुन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/एसडी योगी/अनुपम शर्माको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बासुरी फिल्म्सको प्रस्तुति र सुष्मा प्रोडक्सन ग्लोबलको सहकार्यमा निर्माण गरिएको फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्