शोभितले ‘डाँडाको वरपीपल २’ बनाउने



रंगखबर, काठमाडौँ – निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल घोषणा गरेका छन् ।

गत दशैँमा रिलिज भएर बक्सअफिसमा असफल सावित भएको ‘डाँडाको वरपीपल’ यतिबेला युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ ।

युट्युबमा राम्रो भ्युज र सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक बस्नेतले ‘डाँडाको वरपीपल २’ घोषणा गरेका हुन् । पहिलो भागमा दोस्रो भागको लागि ठाउँ छोडेकाले सिक्वेल निर्माणको प्रकृया अगाडी बढेको बस्नेतले बताए ।

सलोन फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको कलाकारहरु फाइनल भएका छैनन् ।

‘डाँडाको वरपीपल’मा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुबिना थापालगायतका कलाकारहरुको अभिनय छ ।

डाँडाको वरपीपल पुरा फिल्म:-

प्रतिक्रिया दिनुहोस्