‘बाबरी रंग’मा रंगिए धीरज र अदिति



रंगखबर, काठमाडौँ – धीरज मगर र अदिति बुढाथोकीको अभिनय रहेको फिल्म ‘बाबरी’को गीत सार्वजनिक भएको छ ।

‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गर्न निर्माण पक्षले मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरेको थियो ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार धीरज र अदितिको केमेस्ट्री देख्न सकिन्छ । माइनस डिग्री तापक्रममा यो जोडी रोमान्टिक बनेको छ ।

अनमोल गुरुङको शब्द र संगीतमा तयार गीतमा अस्मिता अधिकारी र अनमोलकै स्वर छ । भने, एञ्जिला खत्रीले कोरियोग्राफी गरेकी छन् ।

सुरेन्द्र पौडेलको कथा, निर्देशन र सम्पादनमा तयार फिल्ममा धीरज र अदितिसंगै धीरज नाडकर, बादल भट्ट, शेखर चापागाईं, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेको फिल्म भदौ ३१ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

सिजन दाहाल, रीत बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी र सुजन चापागाईं/कालीप्रसाद बाँस्कोटा/अनमोल गुरुङको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्