‘के घर के डेरा’लाई डेट दिंदै फागुनमा पुग्यो ‘परस्त्री’



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ कार्तिक ४ मा रिलिज हुने भएको छ ।

कार्तिक ४ मा ‘के घर के डेरा’ आउने भएपछी शर्मिला पाण्डे निर्मित फिल्म ‘परस्त्री’ फागुन १९ मा पुगेको छ ।

‘मैले फिल्म घोषणाताका नै परस्त्रीको रिलिज डेट घोषणा गरिसकेको थिएँ । तर, नेपाली र हिन्दि भाषामा निर्माण भैरहेको ‘परस्त्री’ निर्धारित मितिसम्म तयार नहुने भएकाले मेरो आफ्नै निर्देशक दीपेन्द्र के खनाल (जेठो छोरा)को लागि कार्तिक ४ को मिति छोड्ने निर्णयमा पुगेँ । परस्त्री निर्मात्री पाण्डेले भनिन् ।

साथै पाण्डेले फागुन १९ मा ‘परस्त्री’ प्रदर्शनमा आउने जानकारी पनि दिइन ।

आफ्नो फिल्मको लागि तिहार जस्तो महत्वपूर्ण डेट दिएकोमा ‘के घर के डेरा’का निर्माता शरद श्रेष्ठले पाण्डेलाई धन्यवाद दिए ।

‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।

यस्तै सुरज पाण्डेको डेब्यु निर्देशनमा बनिरहेको ‘परस्त्री’मा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

बुधबार राजधानीमा आयोजित आकस्मिक प्रेसमिटमा ‘के घर के डेरा’का कार्यकारी निर्माता युवराज कार्की, निर्माता शरद श्रेष्ठलगायत उपस्थित थिए । यस्तै ‘परस्त्री’को तर्फबाट निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे उपस्थित हुँदा निर्देशक दीपेन्द्र के खनाल भने पारिवारिक समस्या देखाउदै उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्