‘लाखे’को एक्सन प्याक्ड टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – मल्टिस्टारर फिल्म ‘लाखे’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १० सेकेण्ड लामो टिजरमा कलाकारहरुको हुलिया र एक्सनलाई प्राथमिकता दिइएको छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बालगायतका कलाकारहरुको अभिनय छ ।

एक्सन थ्रिलर फिल्ममा सिजन अर्यालको कथा, आकाश बरालको पटकथा/संवाद र अनुप न्यौपानेको संवाद छ ।

भदौ ३१ मा रिलिज हुने फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्ममा दीपक बज्राचार्यको संगीत, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

हरि मल्ल ठकुरीको कार्यकारी निर्माण रहेको फिल्ममा सिजन अर्याल र जिएम ठकुरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्