एलिजाको तेह्रथुमको फेदाप गाउँबासीलाई निशुल्क एम्बुलेन्स



रंगखबर, काठमाडौँ : मोडल तथा नायिका एलिजा गौतमकोले तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाका लागि निशुल्क प्रयोग गर्ने गरि एम्बुलेन्स प्रदान गरेकी छन ।  पुर्ख्यौली घर तेह्रथुम नै रहेको र त्यहाँका सर्वसाधारणलाई थोरै भएपनि राहत महसुस गराउने उदेश्यले एलिजा फाउन्डेसनको संयोजनमा एम्बुलेन्स प्रदान गरिएको हो।

हाल क्यानाडामा रहेकी एलिजाले आफ्नो आमा बुवाको हातबाट एम्बुलेन्स हस्तान्तरण गराएकी हुन । आगामी दिनमा पनि यस्तै सहयोग गर्ने आश्वासन पनि दिएकि छिन, उक्त जानकारी गौतमले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दिएकि हुन्।  उनको स्ट्याटस यस्तो छ : 
‘आज मेरो आफ्नै एलिजा फाउण्डेशन द्वारा Terhathum जिल्ला फेदाप गाउँपालिका लाई अाज निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छु आउने दिन अझै दुर्गम जिल्ला मा बिकट ठाउँमा अफ्ट्यारो परेको ठाउँमा मेरो सहयोग निरन्तरता सधैँ रहने छ 🙏 🇳🇵
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकाे अवसरमा मेरो Mumy Dady फाउण्डेशन को संरक्षक गिता देवी भेटुवाल Bharat Goutam जानकारी गराउनु हुंदै ।🙏❤️ Gita Bhetwal Gautam🙏❤️
🙏❤️🇳🇵’

प्रतिक्रिया दिनुहोस्