तस्विर दुरुपयोग भएपछी केकीले भनिन, ‘भ्रामक विज्ञापनमा विश्वास नगर्नुस’



रंगखबर, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले इन्टरनेटमा आफ्नो तस्विर दुरुपयोग गरेर विज्ञापन गरिएको प्रोडक्टहरुमा विश्वास नगर्न आग्रह गरेकी छन् ।

शरीरको मोटोपन घटाउने भन्दै केहि प्रोडक्टले केकीको तस्विर दुरुपयोग गर्दै इन्टरनेटमा विज्ञापन गरेका छन् ।

केकीले सम्पूर्ण विज्ञापनको स्क्रिनसट फेसबुकमा शेयर गर्दै लेख्छिन, ‘मेरो तस्वीरहरुको चरम दुरुपयोग गरि यस्ता भ्रामक बिज्ञापनमा प्रयोग गरिएको पाइएकोमा यसमा कुनै सत्यता नभएको र यसमा बिश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’

‘Madialiveclothing’ नामक वेवसाइटले केकीको थुप्रै तस्विर दुरुपयोग गरेर विज्ञापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्