सिड्नी प्रिमियरमा रुचाइयो ‘बद्रि बहादुर’



रंगखबर, काठमाडौँ – शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्रि बहादुर’को अस्ट्रेलियामा प्रिमियर गरिएको छ ।

जुलाई ३० तारिखमा गरिएको सिड्नी प्रिमियरमा फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

विदेश प्रदर्शनपछि फिल्म नेपालमा रिलिज हुनेछ ।

सिड्नी प्रदर्शनपछि यो फिल्म अस्ट्रेलियाको अन्य तीन शहरमा पनि रिलिज गरिनेछ । फिल्मको सिड्नी रिलिजको जिम्मा मेगा इभेन्ट र रुक्सल प्रजापतिले लिएका थिए ।

संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईलगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मबाट एलिना गुरुङले डेब्यु गरेकी छन् । यस्तै कलाकार पूजा शर्मा र सलोन बस्नेतले फिल्ममा अतिथि भूमिका निर्वाह गरेका छन् ।

विनोद सापकोटाले खिचेको ‘बद्रि बहादुर’मा टंक बुढाथोकी/उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन र समिर मियाँको सम्पादन छ ।

विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्