अनमोलको ‘छड्के’ २ सुरु, देखिए यस्तो लूक्समा



रंगखबर, काठमाडौँ : निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘छड्के २’ को चितवनमा शुभ साईत गरीएको छ। केहि दिन देखि फिल्मकै वर्क सपका लागि चितवनमै रहेका नायक अनमोल केसीले आजैबाट फिल्मको छायांकन सुरु गरेका हुन्। प्राय: लभरव्वायको भूमिकामा देखिंदै आएका उनि ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिदैछन। अनमोलसंगै फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा छन् भने अन्य कलाकारहरुको अहिले सम्म टुंगो लागिसकेको छैन। ६० दिनको छायांकन  सेड्युल रहने फिल्म काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुनेछ भने मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य हुनेछ । प्रशान्त गिरी र लक्ष्मण काफ्लेले निर्माता रहेको फिल्म चितवन र मुस्ताङमा खिचिनेछ।

प्रतिक्रिया दिनुहोस्