‘पर्फेक्ट आइडल’ को उत्कृष्ट ३० छनौट हुदै



रंगखबर, काठमाडौँ : पर्फेक्ट मिडिया एकाडेमीले सुरु गरेको खुल्ला गायन तथा नृत्य प्रतियोगिता ‘पर्फेक्ट आइडल’ को उत्कृष्ट ३० छनौट हुने भएको छ।  हाल काठमाडौँ उपत्यकाबाट ८२ जना प्रतियोगीहरुले प्रतिष्पर्धा गरिरहेको उक्त रियालिटी शोमा अब भने जम्मा ३० जनाले मात्र आफ्नो ठाउँ सुरक्षित गर्न सक्नेछन।

 

उक्त शो टेलिभिजन रियालिटि शो भएकाले कार्यक्रमलाई अझै राम्रो तरिकाले अगाडी बढाउने कार्यक्रमका संचालक सन्तोष शर्माले जानकारी दिदै उत्कृष्ट ३० भने  आगामी १० गते छनौट गर्ने जानकारी दिए। उक्त शो कहिले देखि र कुन टेलिभिजनमा प्रशारण हुने भन्ने जानकारी चाडैनै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्