‘महापुरुष’ले सक्यो प्रमोसनल टुर, दर्शकको मायाले दङ्ग निर्माण टिम



रंगखबर, काठमाडौँ: कार्तिक ११ गतेबाट देशभर एकसाथ रिलिज हुन लागेको फिल्म महापुरुषको निर्माण टिमले  मोफोसल प्रमोसन टुर सकेर काठमाडौँ फर्किएको छ।  बिर्तामोडबाट सुरु भएको प्रमोसनल टुर पोखरा पुगेर समाप्त भएको छ।  फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की गायक गायिका निशान भट्टराई, रचना रिमाल एवं अञ्जिल रेग्मीले मोफोसल टुरमा प्रस्तुति दिदै फिल्मको बारे जानकारी दिदै दर्शकसँग नजिकिएका थिए। दर्शकहरुले देखाएको मायाले हौसिएका कलाकार र गायक गायिकाहरु फिल्म चल्नेमा विश्वस्त देखिएका छन। दुई पुस्ताको प्रेम कथामा आधारित फिल्म षटकोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो।  फिल्मलाई ह्याट्रिक हिट दिएका निर्देशक प्रदिप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन। म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्ममा रविन्द्र बानिया कार्यकारी निर्माता रहेका छन् । फिल्ममा  बिस्ट, कोपिला थापा, शिखा तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

ट्रेलर हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्