‘सरी मम’ को ‘निस्वार्थ माया’ सार्वजनिक



रंगखबर, काठमाडौँ: फिल्म ‘सरी मम’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘निस्वार्थ माया’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले प्रचार सुरु गरेको हो।  गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने शब्द/संगीत पनि गायक श्रेष्ठकै रहेको छ। एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीले निर्देशन गरेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् भने प्रितम पाण्डेले सम्पादन गरेका हुन्।

गीत हेर्नुस : 

 

सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतको अभिनय रहेको फिल्मले लागू औषधविरुद्धको सन्देश बोल्छ। आयुष बुढाथोकी र सरोज पौडेलले  लेखेको फिल्ममा विनोद लामा निर्मातामा रुपमा देखिएका छन भने  सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि लगानी रहेको छ । फिल्म यहि मङ्सिर १५ गतेबाट प्रदर्शन हुदैछ।

 

प्रतिक्रिया दिनुहोस्