‘डेसान’को ‘आइ लभ यु’ सार्वजनिक



रंगखबर, काठमाडौँ: आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘डेसान’को रोमान्टिक गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आइ लभ यु’ बोलको गीतमा नवनायक नायिकाद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।  प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो ।

 

 

कमल एक्चै मगर निर्देशीत फिल्म पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्माण भएको हो। कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्