‘चि मुसि चि’को स्याड गीत ‘कथा’ सार्वजनिक



रंगखबर, काठमाडौँ: पौष २२ बाट देशभर प्रदर्शन हुने फिल्म ‘चि मुसि चि’का निर्माण टिमले फिल्मको प्रचार तिव्र गरिरहेको छ। पोस्टर, टिजर र ट्रेलरले चर्चा पाईरहेको बेला निर्माण टिमले फिल्मको गीत सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मको स्याड गीत ‘कथा’ सार्वजनिक गरेको छ। बिराज गौतम र त्रिशाला गुरुङको आवाज रहेको उक्त गीतमा फिल्मका प्राय: सबै कलाकारहरुलाई देख्न सकिन्छ। रोहित शाक्यले निर्माण गरेको गीतमा सौरभ श्रेष्ठ र बिराज गौतमको शब्द तथा रोहित शाक्य र बिराज गौतमको रचना रहेको छ।

 

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्। अरुण चक्रावर्ती लगानी गरेको फिल्ममा रिञ्जु केसी प्रस्तुतकर्ताको रुपमा देखिएका छन। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशीका साथै राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्