शोभितको ‘जय हो’मा अर्पणको इन्ट्री



रंगखबर, काठमाडौँ: शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय हो’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ। केहि दिन अघि मात्र निर्देशक टेक पौरखी राई निर्देशकका रुपमा फाईनल भएको फिल्ममा अब भने अर्पण थापा फिक्स भएका हुन्। सोमबार शोभित र अर्पण बीच कागजी सम्झौता भएको हो। फिल्ममा सलोन बस्नेतको मुख्य भूमिका रहनेछ। सुरेश न्यौपानेको कथामा बन्न लागेको फिल्ममा शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत रहनेछ। राज के अधिकारी र सुरज सरकारको लगानी रहने फिल्ममा हालसम्म सलोन र अर्पण मात्र फाईनल भएका छन, भने अन्य कलाकारहरु चाडैनै फिक्स हुने जानकारी पनि निर्माण टिमको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म माघ अन्तिम सातादेखि छायांकन सुरु हुनेछ। काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन फिल्मको लोकेसन हेर्न केहि दिन अघि  टेक, शोभित र सलोनले पोखरा र मुस्ताङ पुगेर लोकेसन फाईनल गरेर आएका थिए।

प्रतिक्रिया दिनुहोस्