अर्को फ्लप सावित भयो ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट प्रदर्शनमा आएको साइकोलोजिकल हरर ड्रामा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ ले फिल्मको ट्रेलर रिलिजताका निकै नै चर्चा पाएको थियो। लामो समय पछि आएको हरर फिल्मलाई लिएर दर्शकहरु पनि उत्साहित नै थिए । यो भन्दा अगाडीका हरर फिल्महरु सुनकेशरी र कठपुतलीले दर्शक हसाउँन मात्रा सफल भएका कारण ‘चि मुसी चि’ले एक प्रकारको हाईप भने क्रीएट गरिसकेको थियो। फिल्मका कलाकारहरुले पनि यस अघि रिलिज भएका हरर फिल्महरु मध्ये ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ लाई दर्शकले मन पराउने विश्वास पनि राखेका थिए।

अभिनेत्री ऋचा शर्माले त आफ्नै प्रोडक्सनमा बनेको फिल्म सुनकेशरी आफैलाई मन नपरेको सम्म बताएकी थिईन। उता प्रियंका, आयुष्मान, बेनिषा र नव नायक गौरव पनि फिल्म चल्नेमा आसावादी नै देखिएका थिए। तर उनीहरुको आसा निराशामा बद्लिन २ दिनपनि लागेन, फिल्म जब हलमा पुग्यो दर्शकले फिल्मलाई ठाडै अस्विकार गरिदिए। फिल्म रिलिज भएको आज पाँचौ दिनसम्म पनि फिल्मले दर्शक पाईरहेको छैन। कतिपय हलहरुले त् फिल्मलाई उतारी सकेका छन। फिल्म फ्लप हुनुको पछि पटकथा र प्रस्तुतिकरण नै राम्रो नभएको सम्म भन्ने हल्ला अहिले सिनेवृतमा चलिरहेको छ। फिल्म मर्ण जेम्स र यश सैनीले निर्देशन र अरुण चक्रावर्तीको लगानीमा बनेको हो। अब भने लगातार फ्लप बनिरहेका हरर फिल्म मध्ये  ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ लाई अर्को फ्लप सावित बन्यो भन्दा फरक नपर्ला।

प्रतिक्रिया दिनुहोस्