‘नम्बरी सुन’मा किरण नेपाली अनुबन्धित



रंगखबर, काठमाडौँ: राजु गिरिको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा अभिनेताका रुपमा निर्माता किरण नेपाली अनुबन्धित भएका छन। शुक्रबार निर्माण टिम र किरण बीच कागजी सम्झौता भएको हो। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा नारायण खातीको लगानी र कथा रहनेछ भने प्रस्तुतकर्ता पनि खाती स्वयम् नै रहनेछन। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, नारायण खातीको गीत रचना, शान्तिश्री परियारको स्वर रहेको छ। नम्बरी सुनबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्म लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुनेछ। फिल्म ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा आधारित हुने जानकारी निर्माण टिमको छ।


यहि माघ २० गतेबाट फ्लोरमा जाने फिल्ममा निर्माता नेपालीका साथमा गौरव पहारी, नम्रता सापकोटा,सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्