पारिवारिक समस्या समेटीएको ‘फुलबारी’को ट्रेलर



रंगखबर, काठमाडौँ: फागुन ५ लाई रिलिज मिति तय गरेको पारिवारिक ड्रामा ‘फुलबारी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि रिलिज गरिएको गीत ‘माया रैछ र’ले चर्चा पाएसंगै फिल्म आम दर्शक माझ प्रतिक्षित बनिरहेको छ। सार्वजनिक ४ मिनेट लामो ट्रेलरमा परिवारमा आईपर्ने समस्या, उतारचढावलाई समेटीएको छ। ट्रेलरमा फिल्मका प्राय:सबै कलाकारहरु केन्द्रमा छन।

 

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  मनिष ढकालले निर्माण गरेका हुन् भने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रुपमा देखिएका छन। फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । रामबाबु गुरुङ गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्