म्युजिक भिडियोमा चित्त बुझाएका आकाशको हातमा छैन फिल्म ?



रंगखबर, काठमाडौँ: कोरोनाकाल पछि चलायमान रहेको नेपाली फिल्म उद्योगले अहिले गति लिन थालिसकेको छ। हालाकी फिल्म हिट र फ्लपको संख्या भने घटबढ भईनै रहेको छ। धमाधम बनिरहेको फिल्म अनि प्राय: सबै नामी अभिनेताहरु विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का जस्ता कलाकारहरुलाई अहिले फिल्मका लागि समय निकाल्न भ्याई नभ्याई भईरहेको बेला आकाश भने म्युजिक भिडियोमा नै चित्त बुझाएर बसीरहेका छन । हुनत् आकाशका पनि कोरोना महामारी पछि ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ गरेर दुई वटा फिल्महरु रिलिज भएक थिए। जुन कोरोनाकाल अघिनै बनेका र प्रदर्शन भई पनि सक्नुपर्ने  थिए तर कोरोनाले गर्दा फिल्म पछि धकेलिएको थियो। दुवै फिल्ममा उनि पूजाको अपोजिट हुनु र पूजा – आकाशको जोडीलाई लामो समयपछि एकसाथ देख्दा ठुलै चर्चा पनि पाएको थियो फिल्मले। तर जोडी मात्र मन पराउने अनि हलमा जान भनेपछि अन्कनाउने फ्यानहरु धेरै भएपछि दुवै फिल्मले सफलता पाउँन सकेन।

कोरोना लगत्तै उनले ‘हिड्दा हिड्दै’ नामक फिल्ममा अभिनय गरेका थिए, जसको प्रदर्शन मिति अहिले सम्म टुङ्गो लागिसकेको छैन। निर्माता निर्देशकहरु आफ्ना फिल्मका लागि अहिले धमाधाम मुख्य अभिनेताको खोजिमा छन, तर आकाशको हकमा भने कुनै पनि निर्माता निर्देशकको नजरमा अझै पर्न सकेका छैनन् उनि। एक समय थियो जति बेला पूजा र आकाशको जोडी भने पछि हुरुक्कै हुने दर्शक अहिले २ भागमा बाडीएका छन। निर्माता निर्देशकलाई पनि पूजा र आकाशको जोडीलाई पर्दामा ल्याउन निकै कसरत गर्नु पर्थ्यो। यी दुईको मनमुटावका कारण दुवै अहिले दर्शकनै दुई जमातमा विभाजित भई सकेका छन। जसको प्रत्यक्ष असर भने आकाशको फिल्मी करियरमा परिरहेको छ, भने पूजाले भने भकाभक फिल्म साईन गरिरहेकी छन।

म्युजिक भिडियोमा राम्रै दाम र नाम कमाएका अभिनेता आकाश श्रेष्ठको दिनहुँ जस्तो म्युजिक भिडियो रिलिज भईनै रहन्छन। प्राय: करुणासंग म्युजिक भिडियोमा देखिने आकाश र करुणाको जोडी पनि दर्शकले मन पराउने गर्छन। तर म्युजिक भिडियोमा हिट भएका आकाशको हातमा अहिले कुनै पनि फिल्म भएको खबर बाहिरिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्