फ्राईडे रिलिज: मल्टीस्टारर फिल्म ‘फुलबारी’ प्रदर्शन



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट मल्टीस्टारर फिल्म ‘फुलबारी’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मले सोलो रिलिजको मौका पाएको हो। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले  आम दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क देखिन्छ। पारिवारिक कथा वस्तुमा आधारित फिल्मको प्रिमियर पछि कलाकारहरुले फिल्मको बारे निकै तारिफ गरेका थिए।

 

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  मनिष ढकालले निर्माण गरेका हुन् भने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रुपमा देखिएका छन। फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको छ । फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्