‘बहाव’ हेर्नुस थाइल्यान्ड जाने मौका पाउनुहोस्



रंगखबर, काठमाडौं : अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन। चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ।  यस्तै बहावू सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार राखेका छन। केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो।

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्र को टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ।  खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ।  नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ।

खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन।  साथै खल्ती एपबाट टिकेट काट्दा एचयmयअयमभ स् द्यब्ज्ब्ब्द्य प्रयोग गरेर १०५ सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन।  सिनेमा प्रमोशन मा जोडिन पाएकोमा फिल्म बहाब को टिम लाई धन्यवाद दिदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताउनु भयो । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन।

खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स बिगत ६ वर्ष देखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक क्ष्ब्त्ब् लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन।

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ।

बिजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्ता पछि खल्ती को अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ।  सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ।

नियम र शर्तहरूस्
* विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
* टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ।
* यो प्याकेज अरुलाई दिन योग्य हुने छैन।

* विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ।
* थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ।
* भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्