‘नम्बरी सुन’को पोस्टर सहित रिलिज डेट फाईनल



रंगखबर, काठमाडौँ: फिल्म नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ बर्षको शुभकामना सहित निर्माण टिमले फिल्मको फस्टलुकसँगै रिलिज डेटपनि सार्वजनिक  गरेको हो। राजु गिरि निर्देशित फिल्म अब भने आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरु गौरव पहरी र नम्रता सापकोटालाई देख्न सकिन्छ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा नारायण खातीको लगानी र कथा रहेको फिल्मको  प्रस्तुतकर्ता पनि खाती स्वयम् नै हुन्। फिल्ममा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ। फिल्म लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन भएको हो। फिल्म  ७० बर्ष पुरानो कथा कथामा आधारित छ।

 

प्रतिक्रिया दिनुहोस्