विक्की र श्रद्धाको बिहेमा कोको पुगे ?



रंगखबर, काठमाडौँ: कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बधिएका छन।  उनीहरुको विवाह आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसिरहेका छन।  उनीहरुको विवाहमा परिवार र केहि कलाकारहरुलाई मात्र सहभागी छन।

विक्की र श्रद्धाको विवाहमा कमेडी च्याम्पियनका उनका प्रतिष्पर्धी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल र निर्देशक विशाल भण्डारी जन्ती पक्षबाट श्रद्धालाई लिन पुगेका छन।

गत मङ्सिरमा इन्गेजमेन्ट गरेका उनीहरुले आजै बेलुका रिसेप्सन पार्टीको आयोजना गर्ने भएका छन। विक्की र श्रद्धा कमेडी च्याम्पियनकै बेलामा प्रेममा परेका थिए। कमेडी च्याम्पियनपछि विक्की र श्रद्धाले आम्मा कसम याँ दुख्छ भन्ने शो लिएर आएका थिए जसको सिजन २ चाडैनै प्रशारण हुदैछ।

 

प्रतिक्रिया दिनुहोस्