रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभक्तिले भरिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ नेपालभरका सिनेमा हलमा रिलिज भएको छ। रिलिजको सोलो मौका पाएको फिल्म नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको छ। प्रिमियरमा फिल्म हेरेका अधिकांश दर्शकले तारिफ गरेका थिए।
फिल्मलाई मित्र प्रधानले निर्देशन गरेका हुन् भने रोशन श्रेष्ठले निर्माण गरेका हुन्।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
फिल्ममा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको फिल्ममा दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
फिल्मलाई आर आर फिल्मसले वितरण गर्दैछ।



