रंगखबर, काठमाडौँ: आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुन लागेको फिल्म ‘सिटामोल’को ‘रातो पछ्यौरी’ बोलको गीत रिलिज भएको छ। रिलिजको केहि दिन मात्र बाँकी हुँदा निर्माण टिमले प्रचारलाई जोड दिदै फिल्मको गीत सार्वजनिक गरेको हो। गीतमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र वेनिशा हमाललाई देख्न सकिन्छ।
रवि ओड र अन्जना खतिवडाको आवाज रहेको गीतमा बाबुल गिरिको शब्द, संगीत, एरेन्ज, मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ।
ज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।



