रंगखबर, काठमाडौँ: भदौ १२ गतेबाट विश्वभर एकसाथ रिलिज हुन लागेको फिल्म ‘कोशोढुङ्गा’का टिमले प्रमोसनलाई जोड दिन थालेको छ। ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको हिट भएपछि अझबढी चर्चामा आएको फिल्मका टिमले प्रमोसनलाई तिव्र बनाउँदै कविता सार्वजनिक गरेको छ ।
निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।
निर्माण टिमले कविता वाचनको भिडियोसँगै ३ वटा पोस्टरपनि रिलिज गरेको छ। जसमा फिल्मका मुख्य पात्रहरुलाई देख्न सकिन्छ। सार्वजनिक पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले काफ्लेलाई देख्न सकिन्छ।
त्यसै गरि दोश्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् । तेश्रो पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन् । तीनवटै पोस्टरमा कलाकारहरू चरित्रको लुक्समा छन् ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने प्रेबिल कंडेल र किशोर अनुरागले निर्माण गरेका हुन्। फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित फिल्म बनेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्म ‘कोशेढुंगा’मा सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाहका साथै मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ । भने आर्यन सिक्देलले विषेश भूमिका निभाएका छन।
बाबु श्रेष्ठले छायांकन गगरेकोमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।
‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो फिल्म डायस्पोरामा नेपाली फिल्मकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।
पहिलो पटक यति धेरै देशमा एकसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।



