‘माईतीघर’को पारिवारिक ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘माईतीघर’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजिएको छ।  ३ मिनेट लामो फिल्मको ट्रेलरमा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, केदार घिमिरे लगायतका कलाकारहरुलाई केन्द्रमा रखिएको छ।

रोहित अधिकारीको लगानी तथा मिलन तामांगको निर्देशनमा बनेको फिल्म वर्षकै प्रतिक्षित फिल्म मध्ये एक भएकाले पनि आम दर्शक माझ फिल्म प्रतिक्षित बनिरहेको छ।

चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्