निरुतापछि कृषाको ‘पारस’मा सुशील श्रेष्ठको प्रवेश



कृषा चौलागाइँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री भएको छ। निर्माण टिमले बुधबार फिल्ममा निरुता सिंहलाई अनुबन्ध गरेको थियो। निरुतालाई फिल्ममा अनुबन्ध गरेको दुई दिनमा नै एक्सन स्टारमा रुपमा परिचित सुशीललाई अनुबन्ध गरेको हो।
कृषाले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’
उनले सुशील आएपछि पारस राम्रो फिल्म बन्न सक्ने बताएकी छन्। यसअघि यो फिल्ममा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन्। नायिकामा जसिता गुरुङ,प्रियंका कार्की,निरुता सिंहलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरिसकेको छ। यो हेर्दा निर्देशक चौलागाईले फिल्मलाई नेपालमा बनेका पछिल्ला फिल्मको तुलनामा उत्कृष्ट बनाउने देखिन्छ।
यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन्। अब उनी यस फिल्ममा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय फिल्म ‘पारस’लाई बबाल बनाउने दाउमा छिन्।
प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई फिल्ममा लिएकी छन्। चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ।

प्रतिक्रिया दिनुहोस्