‘लालीबजार’को ट्रेलर सार्वजनिक, वादी यौनकर्मीको भूमिकामा स्वस्तिमा



रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ११ सेकेण्ड लामो ट्रेलरले पश्चिम नेपालमा बसोबास गर्ने वादी महिलाले जीविकोपार्जन गर्न अंगाल्ने देहव्यापार र पारिवारिक झमेलाको कथा प्रस्तुत गरेको छ ।

बदलिदो समाजसंगै वादी माहिलाहरुले देहव्यापारबाट मुक्त हुन् र आफ्नो सन्ततिका लागि गरिएको परिवर्तनको संघर्षपनि ट्रेलरमा प्रस्तुत गरिएको छ । पश्चिम नेपालमा २५ वर्ष अगाडीसम्म वादी महिलाहरु नचाहेरैपनि देह व्यापारको शिकार बन्नुपर्थ्यो ।कथित ठुलो जातहरुले पानीसम्मपनि नचलाउने तर वादी महिलाहरुलाई यौनको शिकार बनाउथ्ये । यहि सेरोफेरोम फिल्मले कथा भन्न खोजेको अनुमान लगाउन सकिन्छ ।

फिल्ममा अभिनेत्री खड्काले वादी यौनकर्मीको भूमिका निर्वाह गरेकी छन् । बैशाख १८ गतेदेखि अलनेपाल प्रदर्शनमा आउन फिल्मको ट्रेलर कारुणिक लाग्छ । यम थापाको कथा एवं निर्देशन रहेको फिल्ममा स्वस्तिमाको छोरीको भूमिकामा समाइरा थापाले अभिनय गरेकी छन् । ‘मायालाई के दिउँ म बैना’ गीतमा प्रस्तुत नृत्यले समाइरालाई प्रभावशाली बालकलाकारको रुपमा चिनारी दिइसकेको छ ।

ब्लकबस्टर फिल्महरुका निर्देशक प्रदीप भट्टराई र निर्देशक स्वयम्को पटकथा/संवाद रहेको फिल्ममा स्वस्तिमा र समाइरासंगै विशाल देवकोटा, रविन्द्रसिंह बानियाँ, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अवय बराल, आशा पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुजन प्रजापतिले छायांकन गरेको फिल्ममा मित्रदेव गुरुङको सम्पादन रहेको छ । ‘लालीबजार’लाई २०८३ को बहुप्रतिक्षित मध्येको एक फिल्मको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्