Author: Ranga Khabar

शोभितले थाले ‘अस्ट्रेलिया टुर’को तयारी

फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन्।

‘बम बिहारी’को शुभमुर्हत सम्पन्न

नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा रहेको हनुमान मन्दिरमा पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । साथै चलचित्रको आजैबाट छायांकन सुरु गरिएको छ । चलचित्रलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकिय चलचित्र हुनेछ । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् । चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन चलचित्र युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्नेछ । निर्देशक मल्लले भने, ‘पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ । चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशाराखेको छु ।’ यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सातबर्ष पछि आफूले चलचित्रमा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो चलचित्र रहनेछ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । चलचित्रमा अनुपम चौधरीको गीत रहनेछ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

‘आ बाट आमा’को माल्टा राइट्स विक्री

नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री

‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ कस्तो छ ?

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका

‘हामी तीन भाइ’ चैत १३ गतेबाट रिलिज हुने

मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा

भाईरल बन्ने दौडको कथामा ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ

‘आ बाट आमा’को शीर्षमा ‘लैजा खबर ए हावा’मा कभर गर्दा ५० हजार जित्ने मौका

फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय

कसरी दोहोरियो दयाहाङ र सिर्जनाको जोडी ?

माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले

‘कल्ली’को टिजर सार्वजनिक

lliloli फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण सुरु

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम