Photo Caption

पूजाको ‘रामकहानी’

फिल्म ‘रामकहानी’को गीत छायाँकन गर्ने क्रममा मुसहर बस्तिमा पूजाको साथ आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राई

प्रदीप र पुजाको पुनर्मिलन

करिब दुई वर्ष पछी स्टार मलमा जम्काभेट हुँदा पोज दिँदै प्रदीप खड्का र पूजा शर्मा ! ‘प्रेमगीत’ हिट भएपछी यी दुईको पानी बारबारको अवस्था थियो

हाँसौ मज्जाले

छक्का पन्जाको १०० दिने सक्सेस पार्टीमा दिल खोलेर हाँस्दै निर्देशक दिपाश्री निरौला र संचारकर्मी प्रकाश सुवेदी

प्रेमगीत २ सुरु

‘प्रेमगीत २’को मुर्हतमा फोटो खिच्दै कलाकारद्वय प्रदिप खड्का, अस्लेशा ठकुरी, श्रदा प्रसाईं र छायाँकार पुरुषोत्तम प्रधान

बाँझो खेतमा

नवौ नेफ्टा अवार्डको लागि रिहर्सलमा अभिनेत्री मलिना जोशीसंग ‘बाँझो खेतमा’ गीतमा कम्मर मर्काउदै राजेश हमाल

छोड्नुस न भन्या

मण्डला नाटकघरमा मन्चन भैरहेको नाटकको एक दृश्यमा मुख्य कलाकार सृजना अधिकारी र सुलक्षण भारती

बिजुली मेसिन

फिल्मको ‘बिजुली मेसिन’को प्रिमिएरमा बिजुली मेसिनसंग तस्बिर खिचाउदै फिल्मका कलाकार रेलिजा श्रेष्ठ र जीवन अधिकारी

के कुरा हो ? मलाई नि सुनाउ

एक कार्यक्रममा प्रियंका कार्की र  दयाहाङ राईको कुरा सुन्दै अभिनेता संजय गुप्ता  

एक सेल्फी

एक कार्यक्रममा सेल्फीको मज्जा लिदै अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला

सहयोगी हात

म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले १ लाख बढीको सहयोग हस्तान्तरण गर्दै