‘सम्हालिन्छ कहिले मन’ निर्माताको बलिउड फिल्म ‘लैला मन्जु’



रंगखबर, काठमाडौँ – फिल्म निर्माण कम्पनि एबी इन्टरनेशनल नेपाली हो । यस कम्पनिले निर्माण गरेको फिल्म ‘पासवर्ड’ रिलिज भैसकेको छ । भने, दर्शक ‘सम्हालिन्छ कहिले मन’को प्रतिक्षामा छन् ।

यहि कम्पनि अब बलिउड फिल्म निर्माणमा पनि होमिएको छ । निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले निर्माणाधीन बलिउड फिल्म ‘लैला मंजु’को लाइनअप सार्वजनिक गरेका छन् ।

२ जनवरीबाट छायांकन सुरु भएको ‘लैला मंजु’लाई प्रेमराज सोनीले निर्देशन गरिरहेका छन् । युकेमा छायांकनरत फिल्ममा हृडोय डेकाले मुख्य सहायक निर्देशकको रुपमा काम गरिरहेका छन् ।

फिल्ममा फरिदा जलाल, शशांक व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायतका कलाकारको अभिनय रहनेछ ।

फरिदा बलिउडकी नाम चलेकी अभिनेत्री हुन् । झन्डै ५ दशक लामो अभिनय यात्रामा उनले २ सय बढी फिल्ममा काम गरिसकेकी छन् । शशांक कलर्स टिभीको चर्चित सिरियल ‘बालिका बधु’मा जगदीश सिंहको भूमिकामा थिए । यस्तै अभिमन्युले केहि म्युजिक भिडियो र विज्ञापनमा काम गरिसकेका छन् ।

नेहाल ‘मिस युनिभर्स इण्डिया – २०१८’को विजेता हुन् । भने, जोनी लिभरका छोरा जेसीले यसअघि ‘वार’ र ‘ए साली आशिकी’मा अभिनय गरिसकेका छन् ।

‘लैला मंजु’ २०२० मै रिलिजको लक्ष्य छ । निर्माण कम्पनि एबी इन्टरनेशनलले अर्को फिल्म ‘वेलकम टु लण्डन’ पनि घोषणा गरेको छ । फिल्ममा चार नेपालीसँगै बलिउड कलाकारको अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्