सेक्सी देखिएकै कारणले जागिरबाट निकालिइन् एयरहोस्टेज !



रंग खबर, टर्की । पत्याउनुहुन्छ ? टर्की एयरलायन्सकी एक एयरहोस्टेज भड्किलो कपडा लगाएको र सेक्सी देखिएकै कारणले जागिरबाट निकालिएकी छिन् ।

airhostage

एयरलायन्सका अध्यक्षका अनुसार विगत समयमा टर्की बढी कट्टरभएकोले उनलाई जागिरबाट निकाल्न दबाव थियो । ३१ वर्षीया एयरहोस्टेज जुहाल सेंगुल मोडलका रुपमा पनि काम गर्दथिइन् । एक इटालियन म्यागजिनमा उनको तस्वीर प्रकाशित भएको थियो र भड्किलो पहिरनमा भिडियो पनि सार्वजनिक भएको थियो । तस्वीर र भिडियो हेरेपछि कम्पनीले उनलाई निकाल्ने निर्णय गरेको हो ।

युट्युबमा अपलोड गरिएको भिडियोमा जुहाल बिकिनीमा देखिएकी छन्। जुहाल भेगेन लाइफस्टाइलको क्याम्पेनर पनि हुन् ।

गत वर्ष टर्की एयरलाइन्सले एयरहोस्टेजको लिपस्टिक र कलरफुल मेकअप प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । अधिकारीहरुका अनुसार टर्की तिब्रताका साथ रुढीवादी इस्लाम र धर्म गुरुको कब्जामा जाँदैछ । उन भने, सर्भिस सेवामा स्टाफ सादा मेकअप, बेदाग र हल्का रुंगको प्रयोग अधिक हुन्छ । तर, पछि सामाजिक सञ्जालमा आलोचना भएपछि लिपस्टिकमाथिको प्रतिबन्ध हटाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्