राहतमा नेताको हालिमुहाली, खुला आकाशमुनि नागरिक (फोटोफिचर)



रंग खबर, भक्तपुर । धेरै भूकम्प पीडितहरुले राहतको आशमा आहत पाइसके । विकट गाउँको कुरा छाडौँ, भक्तपुरमै पीडितहरुको बिचल्ली छ । राहतको आशमा धेरै पल व्यर्थै गुजारिसके उनीहरुले ।

पहुँचका आधारमा राहत वितरण भइरहेको छ । पहुँचबिहिन पीडित नागरिक खुल्ला आकाशको ओत लागिरहेका छन् । रेडक्रसमा खातैखात पाल थुप्रिएका छन् । तर, दत्तात्रयकी कृष्णालक्ष्मी गाइँजु भने पालकै खोजीमा भौतारिन थालेको धेरै भइसक्यो । ‘पालै छैन भन्छन्,’ उनको दुखेसो छ, ‘नेताहरुले आफ्ना मान्छेलाई मात्र राहत र पाल बाँडिरहेका छन् । हाम्रा त को थिए र नेता ?’ मुलढोकाका राहुल श्रेष्ठ पनि राजनीतिक पहुँचका आधारमा राहत वितरण भइरहेको बताउँछन् ।
hemanta 3रेडक्रसको भक्तपुर शाखामा पाल भरिभराउ थिए । पीडितहरु बाहिर बसेर प्रतिक्षा गरिरहेका थिए । भनसुनका आधारमा नेताका आसेपासेहरु भने राज गरिरहेका थिए । उनीहरुलाई बाहेक अरुलाई भित्र छिर्न दिइएकै थिएन । भक्तपुर शाखाका सभापति मनोजकुमार थापालाई घेरिरहेका थिए उनै आसेपासेहरुले । ‘मन्त्रीज्युलाई फोन गरिसकेँ’ भन्दै सभापतिलाई पाल तत्काल दिन दबाब दिइरहेका थिए । मन्त्री महेश बस्नेतका आसेपासे रहेछन् भन्ने बुझियो । कोही मन्त्रीको फोन त कोही सभासदको फोन भनेर सभापतिसमक्ष आफ्नो सान देखाउँदै थिए । सभापति थापा भने आफूले पहुँचका आधारमा राहत नबाडेको दाबी गर्दै थिए । ‘कसैलाई घर ढाक्न पुग्ने पाल छन् । कोहीलाई ओत लाग्ने पाल छैन,’ रमिता हेरिरहेका छेउकै एक सेक्युरिटी गार्ड भन्दै थिए, ‘पहुँच छैन भने यहाँ कसैको काम छैन ।’ राहतमा पहुँच र पाखुरामा हालिमुहाली भइरहेको यो भक्तपुरमा पीडित नागरिकलाई भने हेर्ने कोही छैन ।

गायक हेमन्त शर्माको समन्वयमा वितरण भएको राहतले यहाँका केही पीडित परिवारलाई मलमपट्टीको काम ग¥यो । लण्डन बस्दै आएकी सुस्मा सुब्बाको सहयोगमा राहत बाँडिएको हो । ‘भनसुन गर्न नसक्ने हामी जस्ता पीडितलाई राहत बाँड्न आउनुभयो । धन्यवाद । हामी जस्ता गरिबनिमुखालाई पनि हेर्ने मान्छे रहेछन्,’ राहत पाएपछि पीडित मीना अवालले भनिन् । उनले घरबाससँगै दुई छोरी गुमाएकी छिन् ।
hemanta sharma 2स्थानीय एक व्यापारीले देखाएको व्यवहारले राहत वितरण गर्न गएको टोली पनि दंग प¥यो । व्यापारीको धनवान मात्र हुँदैन । मनकारी पनि हुन्छ भन्ने उदारहण दिए, स्थानीय व्यापारी रुपेश राजभण्डारीले । राहतका लागि चामल किन्न गएका गायक शर्मा उनलाई देखेर छक्क परे, ‘यस्ता मनकारी व्यापारी पनि रहेछन् । उहाँहरुको मानवियताको भावनालाई मान्नैपर्छ । एक बोरा चामल र पानीको पेटी उहाँले नै दिनुभयो ।’ नेताहरु आफ्नै मात्र कार्यकर्ता हेर्छन् । भक्तपुरमा काँग्रेस, एमाले र मजदुर किसान पार्टीको हालिमुहाली छ ।
hemanta 5
hemanta 4
hemanta sharma

प्रतिक्रिया दिनुहोस्